आफ्नै श्रीमतीको हत्या गरी फरार दुईसहित पाँच पक्राउ


सिरहा : आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका दुई जनासहित विभिन्न मुद्दामा फरार रहेका पाँच जनालाई आज एकै दिन सिरहा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । कर्तव्य ज्यान मुद्दामा फरार दुई र डाका मुद्दामा फरार तीन गरी पाँच जनालाई पक्राउ गरी प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेर फरार रहेको आरोपमा प्रहरीले सिरहाको सुखिपुर नगरपालिका–७ घर भई हाल गोलबजार नगरपालिका–६ मा डेरा गरी बस्ने २३ वर्षीय मन्जु रायको श्रीमान् राजेश पासवान भन्ने मो.इलियास मियाँलाई पक्राउ गरिएको हो । इलाका प्रहरी गोलबजारबाट खटिएको टोलीले मियाँलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले बताए।

त्यस्तै आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेर फरार रहेका सिरहाको कल्याणपुर नगरपालिका–४ घर भई हाल कर्जन्हा नगरपालिका–२ मा बस्ने थारु भन्ने अक्षयकुमार यादवलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

विसं २०७० कात्तिक ९ गते कर्जन्हा नगरपालिका–४ भेडवा खोलामा २५ वर्षीया गीतादेवी यादवलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेर फरार रहेका अक्षयलाई इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

त्यस्तै सिरहाको मिर्चैया नगरपालिका–६ स्थित अनिल साहको लोटस कलरल्याब तथा मोबाइल पसलको ढोका फुटाएर नगद रु एक लाख २२ हजार, ल्यापटप एक थान, क्यामरा एक थान, भिभो कम्पनीको छ थान मोबाइललगायत सामान लुटपाट गरी फरार रहेका सप्तरीको सुरुङ्गा नगरपालिका–२ घर भई हाल सिरहाको मिर्चैया नगरपालिका–५ निवासी २१ वर्षीय कैलाश मगर, सुखीपुर नगरपालिका–१ निवासी २२ वर्षीय अरविन्द चौधरी र मिर्चैया नगरपालिका–५ निवासी २० वर्षीय फेन्टा भन्ने धिरज यादवलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ परेका तीनै जनामाथि डाँका मुद्दामा जिल्ला अदालत सिरहाबाट म्याद थपका लागि पेश गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिए। – रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौ : टर्कीमा जारी विश्वका कम्युनिस्ट पार्टीहरूको २१ औ सम्मेलनमा विश्वका कम्युनिष्टहरुले नेपाली कम्युनिष्टहरुले अवलम्वन

काठमाडौ : मुलुक संघीयतामा गएसँगै गुणस्तरहीन निजामित कर्मचारीको भार घटाउन कर्मचारीको कटौती गर्ने गृहकार्यमा जुटेको

म्यान्मा : राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्माका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको राजकीय भ्रमण पूरा

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी तथा नेपाली प्रतिनिधिमण्डलले आज यङ्गोनस्थित श्वेगादोन पेगोडाको अवलोकन गरेको छ

काठमाडौं : विनासेवासुविधा काम गर भन्ने आशयको संवैधानिक अदालतद्वारा जारी आदेश अनुचित भएको भन्दै प्रदेश

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले बहुप्रतिक्षित नागढुङ्गा–सिस्नेखोला सुरुमार्गको यही कात्तिक ४ गते उद्घाटन गर्ने

काठमाडौं : अमेरिका र नेपालबीच सन् २०१७ मा भएको ५० करोड डलर अनुदान सहायतासम्बन्धी मिलेनियम

विराटनगर : छ महीनादेखि माथि पाँच वर्षमुनिका बालबालिकालाई खुवाइने भिटामिन ‘ए’का लागि सबै तयारी भइसकेको

काठमाडौ : सर्वोच्च अदालतले स्थानीय तहका पदाधिकारीले लिइरहेको तलब र भत्तालाई गैरसंवैधानिक ठहर्‍याएपछि उनीहरुको सेवा

काठमाडौं : नेकपाका नेता तथा मन्त्रीहरु आत्महत्या दुरुत्साहनका आरोपी रवि लामिछानेसँगै ‘छ माया छपक्कै’को विशेष

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएन) को अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । बिहीबार

काठमाडौं : आत्महत्या प्रकरणमा मुछिएका टेलिभिजन प्रस्तोता रवि लामिछानेविरुद्ध जिल्ला अदालत चितवनले गरेको आदेश यथावत