नेकपाका नेता भण्डारी बेपत्ता



भद्रपुर : नेकपा मेचीनगरका नेता दीपक भण्डारी बुधबार बिहानदेखि बेपत्ता भएका छन् । भण्डारी मेचीनगर–१० स्थित आफ्नै घरनजिकबाट बुधबार बिहान साढे ९ बजेदेखि सम्पर्कविहीन भएको उनकी पत्नी गीता भण्डारीले बताइन् ।

नेता भण्डारी तत्कालीन नेकपा एमालेका मेचीनगर अध्यक्ष, धुलाबारी जेसिसका पूर्वअध्यक्ष, हिमालयन मल्टिपल कलेजका निर्देशकलगायत थुपै्र जिम्मेवारीमा रहिसकेका छन् । 

बुधबार बिहान कलेज जान्छु भनी हिँडेका भण्डारीसँग त्यसपछि सम्पर्क हुन नसकेको गीताले बताइन् । नेता भण्डारीले आफ्नो मोटरसाइकल र दुई थान मोबाइल घरमै छाडेका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले भण्डारी सम्पर्कविहीन भएको खबर आएलगत्तै खोजीका लागि प्रहरी परिचालन गरिएको जानकारी दिए । 

प्रहरी नायब उपरीक्षक श्रेष्ठले भण्डारीको मोबाइलको कल डिटेल लिने र उनीसँग आर्थिक कारोवार भएकासँग बुझ्ने कार्य भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्