हतियार प्रदर्शनीका लागि सरकारद्वारा अनुमति



काठमाडौं : भीड नियन्त्रण तथा आन्दोलनमा सामान्य बल प्रयोग गर्न मिल्ने गैरघातक हतियार प्रदर्शन गर्न सरकारले अनुमति दिएको छ । गृह मन्त्रालयले दक्षिण कोरियाको एक कम्पनीलाई यस्तखाले गैरघातक हतियार प्रदर्शनीका लागि स्वीकृति दिएको हो ।

सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि गैरघातक हतियार खरिद गर्ने जनाएपछि दक्षिण कोरियाको एक कम्पनीले नेपालमा गैरघातक हतियार प्रदर्शनीको प्रस्ताव गरेको थियो । उक्त प्रस्तावलाई गृह मन्त्रालयले गत आइतबार स्वीकृति दिएको हो । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्