शीर्ष स्थानको बार्सिलोनालाई सेल्टाको चुनौती



एजेन्सी : स्पेनिस ला लिगामा शनिबार पहिलो स्थानमा रहेको बार्सिलोनाले १० औं स्थानको सेल्टाभिगोको सामना गर्दै छ । आज राति हुने चार खेलमा रियल बेटिसविरुद्ध आइबर, एट्लेटिको म्याड्रिडविरुद्ध स्पानियोल, एथ्लेटिको बिल्वाओविरुद्ध भल्लाडोलिल्ड आमनेसामने हुँदै छन् ।

 

बार्सिलोना र सेल्टाबीच नेपाली समयअनुसार राति ११ बजेर १५ मा खेल सुरु हँुदै छ । सेल्टाविरुद्ध मैदान उत्रँदा बार्सिलोना लिगमा आफ्नो अग्रता फराकिलो बनाउने लक्ष्यमा हुनेछ । लिगको १६ खेलबाट ३४ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ । सेल्टाविरुद्ध जित निकाले बार्सिलोनाले दोस्रो स्थानको सेभियाविरुद्ध ६ अंकको अग्रता बनाउनेछ ।

 

२१ अंक जोडेर १० औं स्थानमा रहेको सेल्टा भने बार्सिलोनालाई हराएर अंक तालिका सुधार्ने लक्ष्यमा हुनेछ । एट्लेटिको मड्रिडले स्पानियोलविरुद्ध राति ९ बजे खेल्दै छ । 

 

प्रतिक्रिया दिनुहोस्