प्यारी पत्नी खोरमा पर्दा अघोरी बाबालाई आइलाग्यो यस्तो आपत



काठमाडौं : यूट्युवमा भाइरल बनेका अघोरी बाबा अर्थात विजय केसीले शारदा पाण्डे नाम गरेकी महिलासँग विवाह गरेको केही समय नहुँदै सोमबार उनी जेल परेकी छन् । हाँसी खुसी जीवन जिउन बुढेसकालमा जीवन साथी रोजेका बाबालाई तिनै साथी अहिले गलाकी पासो बनेकी छन् ।

पाण्डेविरुद्ध ठगीको मुद्दा लागेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । अमेरिका लगिदिन्छु भन्दै विश्वासमा लिएर आफ्नै पूर्व पतिसँग विवाह गराई पैसा लिएर पनि अमेरिका नलगेपछि ती पीडित युवतीको जाहेरीमा उनी गिरफ्तार भएकी हुन् ।

यो बीचमा निकै रहस्यमय रहेको पाण्डेको विगत अब क्रमशः खुल्दै गएको छ । उनका पूर्व श्रीमान् र छोराछोरी अमेरिकामै छन् । शायद विभिन्न झमेलाहरुबाट बच्न उनले अघोरी बाबासँग बिहे पनि गरिन् । तर गिरफ्तारीसँगै उनी ‘आपराधिक लाभ’ सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थपसहित प्रहरी अनुसन्धानमा छन् ।

मानिसको मासु खाने र लाशसँग संसर्ग गर्ने अघोरी बाबाको चर्तिकला

विवाहपछि आफ्नो लाइफ म्यानेज हुनेमा ढुक्क रहेका बाबालाई ठूलै बज्रपात परेको छ । बाबा पनि विभिन्न विवादमा मुछिदै आएका छन् । श्रीमती ठगी धन्दामा गिरफ्तार भएपछि बाबालाई पनि सोधपुछका लागि प्रहरी चौकी बोलाइएको थियो ।

विवाहले ‘लाइफ ड्यामेज’ गर्ने भन्दै निकै चर्चा कमाउन सफल भएका बाबाको विवाहपछि साच्चिकै लाइफ ड्यामेजको अवस्थामा पुगेकै हुन् त भनी प्रश्न गर्ने अवस्थामा भने पुगेका छन् । लाइफ ड्यामेज भन्ने उनको धराणा उनलाई अहिले भारी हुँदै गएको छ ।

संस्कृत शब्द अघोरीको अर्थ हुन्छ– उज्यालो तर्फ उन्मुख । यस शब्दलाई सकार र पवित्रताका रुपमा लिइन्छ । यसबाट नकरात्मकता र अँध्यारो बन्धनबाट छुट्कारा पाउने विश्वास गरिन्छ । तर चर्चामा आएका अघोरी बाबा भने शायद त्यो उज्यालोबाट जीवनको अँध्यारो पाटोतिर फस्दै गएका छन् ।

जीवनसंगिनी प्रहरी खोरमा परेसँगै बाबामाथि ठूलै आपत आइलागेको छ । दुनियाँको भविष्यबारे बोल्ने बाबा अहिले आफ्नै भविष्यबारे अन्यौलताको अवस्थामा छन् ।

हाम्रो समाजमा रहेको विभिन्न आर्थिक, सामाजिक तथा धार्मिक तह र तप्काका बीचमा साधुहरुको पनि छुट्टै समूह रहेको छ । ती साधुहरुको बीचमा पनि एक विशिष्ट समूह हुन्छ, जसलाई ‘अघोरी’ साधु भनिन्छ । उनीहरुको ध्यान र योगको साधना पनि आफ्नै खालको हुन्छ । यस्ता अघोरी साधुहरुका बारेमा आममानिसको मनमा एक किसिमको त्रासदीपूर्ण धार्मिक विश्वास रहेको हुन्छ ।

संस्कृत शब्द अघोरीको अर्थ हुन्छ– उज्यालो तर्फ उन्मुख । यस शब्दलाई सकार र पवित्रताका रुपमा लिइन्छ । यसबाट नकरात्मकता र अँध्यारो बन्धनबाट छुट्कारा पाउने विश्वास गरिन्छ । तर चर्चामा आएका अघोरी बाबा भने शायद त्यो उज्यालोबाट जीवनको अँध्यारो पाटोतिर फस्दै गएका छन् ।

निर्वस्त्र रहने, शरीरभरि खरानी घस्ने, लामो समय निराहार रहने, योग र ध्यानकै क्रममा जलिरहेको लाशबाट मासु निकालेर खाने, मोहनी, टुना, जादू तथा तन्त्रमन्त्र गर्ने यिनीहरुको जीवन पद्धतिसँग जोडिएका कुरा हुन् । स्मसानघाटमा एक्लै बस्ने, एक्लै कुरा गर्ने, कहिलेकाही मनोसंवाद र धेरैजसो मौन रहने यिनीहरुको बानी हुन्छ । साधनाको बखतबाहेक गाँजा तानिरहने यिनीहरुको लत नै हुन्छ ।

प्रतिक्रिया दिनुहोस्