भोजपुरमा पनि हिमपात, जनजीवन प्रभावित



भोजपुर : भोजपुर जिल्लाको उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । जिल्लाको टेम्केमैयुङ गाउँपालिकाको टेम्केमैयुङ डाँडा, टेम्केडाँडा, सुन्तले डाँडा लगायतका ठाउँमा हिमपात भएको हो । 

हिमपातसँगै जाडो बढेपछि त्यहाँको जनजीवन प्रभावित भएको छ । पर्यटकीय क्षेत्रमा हिमपात भएपछि होटल व्यवसायी भने खुसी भएका छन् । 

हिमपात भएसँगै आन्तरिक पर्यटन बढेको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष ध्रुवराज राईले बताए ।

प्रतिक्रिया दिनुहोस्