
सुनसरी : कोसी गाउँपालिका–८ बाट नक्कली बिल बनार्इ राजश्व छली गर्ने दुई जनालाई पक्राउ गरिएको छ ।
को१च ५०४ नं को बोलेरोमा नक्कली बिल बनार्इ मदिरा लिएर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका रामधुनी नगरपालिका–५ झुम्काका काशीराम चौधरी र अनिलकुमार चौधरीलाई बुधबार पक्राउ गरी राजश्व अनुसन्धान कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्र फुँयालले जानकारी दिए ।
उक्त गाडीमा उमङ्ग, गोर्खा बियर, रुसलान भोट्कासहित १५ प्रकारका मदिरा थिए ।