आगलागीबाट चार घर नष्ट



झापा : झापाको कमल गाउँपालिका–१ स्थित बाँसबारीमा आज अपरान्ह् भएको आगलागीमा परेर चार घरसहित टहरा जलेर नष्ट भएका छन् । 

स्थानीय राजदेवसिंह दनुवारको घरमा आगलागी हुँदा उनको घर, गोठ र टहरा जलेको वडा नं १ का अध्यक्ष केदार कटुवालले जानकारी दिए । 

आगलागीबाट दनुवारको घरमा भण्डारण गरिएको धान, चामल तथा लत्ताकपडासमेत जलेर नष्ट भएको जनाइएको छ । गाईवस्तुलाई खोले पकाउने क्रममा गोठबाट आगो सल्किएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्