प्रदेश १ को स्थायी राजधानी र नाम सहमतिमा छिट्टै कायम हुने 



विराटनगर:  प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले कुनै पनि अपराधमा संलग्न मानिसलाई कानूनको कठघरामा उभ्याइने बताएका छन् । 

 

प्रदेशसभाको आज बसेको बैठकमा सदनमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले समाजमा शान्तिसुरक्षा कायम गर्न प्रदेश सरकार गम्भीर छ भने । 

 

उनले प्रदेश नं १ अन्तर्गत पहाडी जिल्लाका सुख्खाग्रस्त क्षेत्रमा राहत वितरण गर्ने तयारी भइरहेको जानकारी दिँंदै प्रदेश नं १ को स्थायी राजधानी र नाम सहमतिमा छिट्टै कायम हुने बताए । 

 

प्रदेशसभाको आजको विशेष समयमा सदस्य विष्णुमाया तुम्बाहाम्फेले प्रदेशको राजधानी र नाम कायम गर्दा कसैको पनि योगदान र बलिदानलाई बिर्सन नहुने बताउँदै त्यसमा लिम्बूवान् शब्द थप्नैपर्नेमा जोड दिइन् । 

 

यसअघि शून्य समयमा प्रदेशसभा सदस्य जयराम यादवले प्रदेश नं १ को अस्थायी राजधानी विराटनगरलाई नै अनुमोदन गर्न प्रदेश सरकारसँग माग गरे। उनले सेवासुविधा भएको विराटनगरलाई नै स्थायी राजधानी बनाउन सबै प्रमुख राजनीतिक दलको ध्यानाकर्षण गराए । 

सदस्य आशारत्न जबेगुले सुशासन र पारदर्शिताविना लोकतन्त्र बलियो हुन नसक्ने भएकाले प्रदेश सरकारको कामकारवाही सोही ढङ्गको हुनुपर्ने बताउँदै प्रदेशका प्रमु्ख अङ्गलाई जथाभावी सार्न नहुने सुझाव दिएका छन् । 

 


दफावार छलफलका लागि विधायन समितिमा 

 

प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ लाई दफावार छलफलका लागि न्याय प्रशासन तथा विधायन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । 

 

सो प्रस्ताव आन्तरिक मामिलामन्त्री कार्कीले पेश गरे । प्रदेशसभाको अर्को बैठक यही असोज २१ गते अपराह्न १ बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास र सुशासनका लागि राम्रा काम गरिरहे पनि

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मदिनमा काटिएको केकको विषयलाई मुद्दा बनाएर कांग्रेसले राजनीति

जनकपुरधाम : जनकपुरधाममा रहेको सार्वजनिक महत्वको पोखरीको अस्तित्व समाप्त हुने अवस्थामा रहेको छ । त्यहाँको

काठमाडौं : कार दुर्घटनामा परी घाइते भएका नेकपा मालेका महासचिव सीपी मैनालीको उपचार धापासीस्थित ग्राण्डी

काठमाडौं : पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ कर लगाउने निर्णय भएको छ । फागुन १२

काठमाडौं : चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ।

काठमाडौं : काठमाडौं महानगरपालिकाको हटलाइन नम्बरमा नियमित फोहर सङ्कलन गर्न र धुलोमुक्त काठमाडौँ बनाउनुपर्नेजस्ता विषयमा

एजेन्सी : आर्थिक समस्यासँग जुझ्न हङ्‍कङको सरकारले त्यहाँका स्थायी बासिन्दालाई १२ सय अमेरिकी डलर बराबर

काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् वा आफ्नो सङ्लग्नतामा अन्य

काठमाडौं : आजका युवा बिलासितातर्फ आकर्षित भएका छन् । उनीहरु छिट्टै सम्भ्रान्त हुने सपना देख्ने

काठमाडौं : पाचौं संस्करणको राईनो गोल्डकप फुटबलको उपाधि विभागीय टिम त्रिभुवन आर्मी क्लबले जितेको छ

एजेन्सी : फ्रान्समा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पहिलो पटक एक जनाको एकजनाको मृत्यु भएको