दुर्घटनामा साइकलयात्रीको मृत्यु 



विराटनगर : मोरङको पथरीशनिश्चरे नगरपालिका–१ स्थित पूर्वपश्चिम राजमार्गमा बुधबार राति मोटरसाइकलको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१प ८१७१ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेको साइकललाई ठक्कर दिँदा साइकलयात्री मोरङको कानेपोखरी गाउँपालिका ४ का ४० वर्षीय सूर्य भट्टराईको मृत्यु भएको हो । 

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भट्टराईको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीशनिश्चरेका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिए । ठक्कर दिने मोटरसाइकल र चालक मोरङ उर्लाबारी सुनझोडाका गगन थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

 

प्रतिक्रिया दिनुहोस्