सुशासन स्थापनाका लागि जिम्मेवारीपूर्वक काम गर्न आग्रह : मुख्यमन्त्री राई



काठमाडौं : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलकमा सुशासन स्थापनाका लागि पत्रकारले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।

रिपब्लिक हेराल्ड मिडिया प्रालिको प्रथम वार्षिकोत्सव तथा कोशी अनलाइन डटकलको शुभारम्भ, कार्यालय भवन उद्घाटन र मोबाइल एपको आज सार्वजनिक गर्दै उनले भने, “मुलुकको विकास र समृद्धिका लागि भरपर्दो, विश्वसनीय र जवाफदेहिताका साथ सत्यतथ्यका आधारमा पत्रकारले समाचार सम्प्रेषण गर्न सक्नुपर्दछ ।”

मुख्यमन्त्री राईले नेपालको संविधानमा प्रेसलाई पूर्ण स्वतन्त्रता प्रदान गरेको बताउँदै सङ्घीयताको प्रभावकारी कार्यान्वयनमा पत्रकारिता क्षेत्रले अझ बढी जिम्मेवारीपूर्वक आफ्नो दायित्व निर्वाह गर्नुपर्ने आवश्यकतामाथि जोड दिए। – रासस

प्रतिक्रिया दिनुहोस्