प्रदेश १ लाई प्रविधि मैत्री बनाइने



विराटनगर : आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेश १ लाई प्रविधीमैत्री बनाउन प्रदेश सरकार तत्पर रहेको बताएका छन् । विराटनगरमा बिहीबार प्रदेशस्तरीय प्रविधि मेला क्यान इन्फोटेकको उद्धघाटन गर्दै उनले अबको समय प्रविधिको भएकाले नयाँ पुस्तालाई समेत यसमा अभ्यस्त बनाउँदै लैजानु पर्नेमा जोड दिए । 

मन्त्री कार्कीले भने, ‘नयाँ पुस्तालाई समेत अभ्यस्त बनाउँदै अघि बढ्न प्रदेश सरकार तयार रहेको छ । तपाइहरू सरसल्लाहसहित आउनुस् सरकार सहयोगका लागि तयार छ ।’

प्रविधिको माध्यमबाट अपराध र सडक दुर्घटना न्यूनिकरण गर्न सकिने उनको भनाइ छ । मन्त्री कार्कीले प्रदेश १ को एक सय ३७ स्थानीय तहलाई पेपरलेस (प्रविधीमैत्री) बनाउने प्रयासमा सरकार रहेको जानकारी दिए । 

पाँचदिनसम्म चल्ने मेलामा प्रविधिसँग जोडिएका विभिन्न कम्पनीका एक सय १० वटा स्टलहरू राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्