महत्त्वपूर्ण कागजातसहित पक्राउ परिन् विप्लव समूहकी केन्द्रीय सदस्य



काठमाडौं : प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’समूहकी केन्द्रीय सदस्य तथा मेची कोसी ब्यूरो इञ्चार्ज उमा भुजेल पक्राउ परेकी छन् । उनी शनिबार सुनसरीको बरोलाबाट पक्राउ परेकी हुन् ।

प्रदेश नम्बर १ को प्रदेश प्रहरी र प्रहरीको विशेष ब्यूरोले उनीसहित उनका सहयोगी सुमनसिंह पौडेललाई समेत पक्राउ गरेको छ ।

प्रहरीले उनको साथबाट महत्त्वपूर्ण कागजातसमेत बरामद गरेको छ ।
.भुजेल तत्कालीन माओवादीका तर्फबाट २०५७ साल चैत १७ गते गोरखा जेलब्रेक गर्ने महिलाको समूहको प्रमुख सदस्य पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्