आगलागीमा परेर सुतेकै ठाउँमा महिलाको मृत्यु 



विराटनगर : झापाको गौरीगञ्ज गाउँपालिका २ हेमनाडाँगीस्थित जोगेन टुडुको घरमा आगलागी हुँदा सुतेकै ठाउँमा उनकी श्रीमती ४५ वर्षीया सुनिता टुडुको मृत्यु भएको छ । 

प्रहरीका अनुसार शनिबार राति मादकपदार्थ सेवन गरेर आफ्नै घरको बरन्डामा उनी सुतेकी थिइन् । मट्टितेलबाट बल्ने बत्तीबाट घरमा सल्किएको आगोमा जलेर ओछ्यानमा सुतिरहेकी उनको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्