नक्कली प्रहरी बनेर ठगी गर्ने पक्राउ


भद्रपुर : झापाको बाह्रदशी गाउँपालिकाबाट नक्कली प्रहरी बनेर स्थानीय व्यापारीलाई ठगी गर्ने दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउपर्नेमा बाह्रदशी गाउँपालिका–३ स्थित राजगढ बजारमा व्यापार गर्दै आएका वडा नं ४ चकचकी बस्ने व्यापारी अरफाक आलामलाई ठग्ने गौरीगञ्ज गाउँपालिका–१ का २८ वर्षीय पर्शुराम महत्तो र सोही गाउँपालिका–३ बस्ने २० वर्षीय जीवनदास रहेका छन् ।

उनीहरुले आलामलाई आफूहरु प्रदेश नं–१ प्रहरी कार्यालय विराटनगरका ‘सिआइवी’ प्रहरी भएको भन्दै आज दिउँसो १२ः०० बजे रु सात हजार लुटेका थिए । आलामले तत्काल शङ्का लागि इलाका प्रहरी कार्यालय राजगढमा खबर गरेका थिए ।

खबर पाउने वित्तिकै तत्काल खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय ल्याएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले घटनाबारे थप अनुसन्धान भइरहेको बताए । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

एजेन्सी : चीनले दुई दिनमा नै हजार शय्याको अस्पताल तयार पारेको छ । वुहान प्रान्त

कर्णाली : उद्यममा लागेका कर्णालीका महिलाले चुलोचौकाको दायराबाट बाहिर आएर समाजमा अलग्गै पहिचान स्थापित गरिरहेका

जनकपुरधाम : धनुषामा सवारी दुर्घटनामा परि दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बुधवार दिउँसो

काठमाडौं : सर्वसाधारणको स्वास्थ्य उपचारका लागि सहज पहुँच पुर्याउने उद्देश्यले स्वास्थ्य सेवाका क्षेत्रमा सहयोग गर्दै

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दोस्रो केन्द्रीय कमिटी बैठक काठमाडौँको राष्ट्रिय सभागृहमा

तनहुँ : जिल्लाको देवघाट गाउँपालिका–२ स्थित व्यागनमा रहेको सर्वोदय आधारभूत विद्यालयको एउटा कोठामा वडा नम्बर

काठमाडौं : आज (बुधबार) राजधानीका विभिन्न ठाउँमा दिनभरि बत्ती जाने भएको छ । बुधबार बिहान

काठमाडौं : ल्याटिन अमेरिकामा भूकम्प गएको छ । जमैकाको समुन्द्री तट र पूर्वी क्युबाको बीचमा

१) विहानको चिसोमा मर्निङ वाक नगरौँ हिजो आज विहानको मौसम अत्यधिक चिसो हुने भएकोले मर्निङ

जनकपुरधाम : प्रदेश २ मा सरकार परिवर्तनको चर्चा चलिरहेका बेला एक राज्यमन्त्रीले राजीनामा दिएकी छिन्।

बर्दिया : प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहका कार्यकर्तालाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली

काठमाडौं : गायिका आस्था राउत रिहा भएकी छिन् । उनी मंगलबार चार हजार रूपैयाँ धरौटीमा