हेटौँडाको क्याम्पाडाँडामा महिलाको शव फेला



हेटौँडा : हेटौँडा उपमहानगरपालिका–५ स्थित क्याम्पाडाँडाका एक महिलाको शव फेला परेको छ । आज बिहान फेला परेको अन्दाजी २४÷२५ वर्षको जस्तो देखिने शव नवलपुर घर भएका अजिता भुजेलको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनी तेस्रोलिङ्गी हुन् । उनको शव बिहान स्थानीयवासीले देखेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा खबर गरेको थियो । प्रहरीका अनुसार उनको घाँटीमा नीलो डाम र बत्तीको तार बेरिएको थियो ।

घटनाको प्रकृति हेर्दा अजिताको हत्या भएको हुनसक्ने अनुमान प्रहरीको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।– रासस

प्रतिक्रिया दिनुहोस्