तीन टिपर नियन्त्रणमा 



विराटनगर : मोरङको केराबारी गाउँपालिका ८ स्थित आमजुङ वन क्षेत्रमा नदी जन्य पदार्थ अवैध उत्खनन गर्दै गरेको अवस्थामा प्रहरीले तीन वटा टिपरलाई नियन्त्रणमा लिएको छ । 

इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले को१ख ५३१९, को१ख ५९९३ र ना७ख ४५ नम्बरको टिपर नियन्त्रणमा लिएको हो । 

नियन्त्रणमा लिइएका टिपरलाई आवश्यक कारबाहीका लागि जिल्ला समन्वय समितिको कार्यालय मोरङको जिम्मा लगाइएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्