पार्टीमा फुट आएपछि विवेकशील साझाले दियो प्रतिक्रिया



काठमाडौं : पार्टीमा विभाजन आएपछि विवेकशील साझा पार्टीले वैकल्पिक पार्टी निर्माणमा धोका भएको प्रतिक्रिया दिएको छ । विवेकशील साझाका संयोजक उज्वल थापाले निर्वाचन आयोगमा विवेकशील नेपाली दल नामको पार्टी दर्ता गरेपछि विवेकशील साझाले यस्तो प्रतिक्रिया दिएको हो ।

विवेकशील साझाका संयोजक थापासहित १६ जनाले ‘विवेवशील नेपाली दल बनाएका छन् । विवेकशील साझाका प्रवक्ता सूर्यराज आचार्यले पार्टीमा आएको विभाजनबाट आफूहरु आश्चर्यमा परेको बताएका छन् । कार्यशैली र कार्यप्रणालीलाई लिएर पार्टीमा देखिएका मतभिन्नता ३० गतेदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा छलफल हुने उनको भनाई छ ।

आचार्यद्वरा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘तर संयोजक थापा स्वयंले आसन्न बैठकमा सहभागी समेत नभई नयाँ दल दर्ताको प्रक्रिया प्रारम्भ गर्नु दुःखद अवस्था हो ।’ थापासहितका नेताहरुको कदमले वैकल्पिक पार्टी निर्माणको उद्देश्यलाई घात र पार्टी निर्माणमा क्रियाशिल युवा र मतदाताप्रति अन्याय भएको विवेकशील साझाको ठहर छ ।

विवेकशील साझा पार्टीलाई राष्ट्रिय राजनीतिको केन्द्रमा स्थापित गर्न आफूहरु दृढ संकल्पिक रहेको भन्दै प्रवक्ता आचार्यले आफ्नो विज्ञप्तिमा नयाँ दल दर्ताका लागि निवेदन दिएका नेताहरुलाई शुभकामना समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्