काँग्रेस नेता रुङगटाको जन्मदिनमा अस्पताललाई कम्बल र तन्ना



वीरगन्ज : नेपाली काँग्रेसका नेता एंव पूर्व सांसद अनिल रुङगटाले आफ्नो जन्म दिनको उपलक्ष्यमा वीरगन्जको नारायणी अस्पताललाई कम्बल र तन्ना सहयोग गरेका छन् ।

उद्योगपति समेत रहेका रुङगटाले आफ्नो ५१ औं जन्मदिनको अवसरमा अस्पताललाई एक सय थान कम्बल र एक सय थान तन्ना सहयोग गरेका हुन् ।

रुङगटाले आइतवार अस्पतालका निमित्त मेसु डाक्टर सुरेन्द्र चौधरीलाइ कम्बल र तन्ना हस्तान्तरण गरेका हुन् ।

कम्बल र तन्ना हस्तान्तरण कार्यक्रममा बोल्दै रुङगटाले जन्मदिनमा फजुल खर्च गरेर देखावटी गर्नु भन्दा उपचार गराउन अस्पतालमा आउने बिरामीका लागि सहज होस् भन्ने सोच राखेर कम्बल र तन्ना हस्तान्तरण गरेको बताए ।

आउदा दिनमा पनि यस्ता सामाजिक कार्यमा सहयोग गरिरहने उनले बताए ।

अस्पतालका निमित्त मेसु डाक्टर चौधरीले जन्मदिनमा भोजभतेरमा फजुल खर्च गर्नुको सटटा सरकारी अस्पतालमा बिरामहरुका लागि सहयोग गर्ने उद्योगपति रुङगटाको सामाजिक कार्य उदाहरणीय रहेको बताए ।

कम्बल तथा तन्ना वितरण कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सभापति विजय सर्राफ, वडा अध्यक्ष जगत साह कानु, नेवि सघका युवा नेता दिलिप कार्की, अस्पतालका स्वास्थ्यकर्मी लगायतको पनि उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्