नख्खु विष्फोट प्रकरणमा मुछिएका विप्लव उपत्यका ब्यूरो इन्चार्ज लामा पुनः पक्राउ



काठमाडौं : विप्लव समूहका तत्कालीन उपत्यका ब्यूरो इन्चार्ज माइला लामासहित ४ जनालाई प्रहरीले पुन पक्राउ गरेको छ ।

उनलाई अदालतले छोड्न आदेश दिए लगत्तै प्रहरीले पुन पक्राउ गरेको हो । पाटन उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले छोड्न आदेश दिए पनि ललितपुर प्रहरीले पक्राउ गरेको छ ।

मुख्य न्यायाधीश सुवेदी र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले लामासहित केन्द्रीय सदस्य नवीन विश्वकर्मा, अनेमसंघ (क्रान्तिकारी) कि महासचिव धिरेन्द्राकुमारी उपाध्याय र ईश्वर परियारलाई बिहीबार छोड्न आदेश दिएको थियो ।

उनीहरुमाथि ललितपुरको नख्खु विष्फोट प्रकरणमा मुद्दा चलाइएको थियो ।

प्रहरीका अनुसार सुनसरीमा उनीहरुको नाममा अर्को हातहतियार तथा खरखजना सम्बन्धी मुद्दा रहेकाले नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्