प्रदेश २ का सांसदहरुलाई ल्यापटप दिने तयारी



जनकपुरधाम : प्रदेश २ सरकारले सबैभन्दा पहिले आफ्ना प्रदेशसभा सदस्यहरुलाई ल्यापटप दिन लागेको छ ।

सात वटा प्रदेश मध्ये प्रदेश २ मा कार्यव्यवस्था परामर्श समितिको बैठकबाट मन्त्री परिषदको बैठकलाई पेपरलेश बनाउन ६४ जना प्रत्यक्ष र ४३ जना समानुपातिक गरी १ सय ७ जना सांसदलाई ल्यापटप किन्न स्वीकृति दिएको सभामुख सरोज कुमार यादवले बताएका छन् ।

उनले भने,‘ल्यापटप किन्ने कामको टेन्डर प्रक्रिया सुरु भएको छ । अब केहिदिनमै सबै जनाले अत्याधुनिक ल्यापटप पाउने छन् ।’ १ करोड भन्दा बढि बजेटको ल्यापटप खरिद हुन लागेको छ ।

उनले भने,‘ल्यापटप भएपछि एकातिर सरकारको पैसा जोगिन्छ भने अर्कोतिर विधेयक र कार्यसूची सबै जनाको इमेलमा नै जान्छ ।’ ल्यापटपको ४ वर्ष वारेन्टी र बिग्रिएमा मर्मत तथा बीमा पनि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्