विप्लव सचिवालय सदस्य ‘प्रकाण्ड’का छोरा नरेन्द्र पक्राउ



काठमाडौं : प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहका सचिवालय सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का छोरा नरेन्द्र विक पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) सहकुल बहादुर थापाले काठमाडौंको नयाँ बानेश्वरबाट विक पक्राउ परेको जानकारी दिएका छन् ।

नरेन्द्र विप्लव समूहको विद्यार्थी संगठनका केन्द्रिय कोषाध्यक्ष हुन । प्रहरीले उनीसँगै प्रकाश विश्वकर्मालाई पनि पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्