आहा ! रारा गोल्डकपको पुरस्कार राशिमा बृद्धि



काठमाडौं : आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि भएको छ। प्रतियोगिताको विजेताले १० लाख १ हजार प्राप्त गर्ने छन् भने उपविजेताले ५ लाख १ हजार पाउने भएका छन् ।

गतवर्ष विजेताले ८ लाख १ रुपैया तथा दोस्रो भएकोले ४ लाख १ हजार पाएका थिए। प्रतियोगितामा ‘ए’ डिभिजनका ७ सहित १० टोलीले प्रतिस्पर्धा गर्ने आयोजक सहारा क्लब पोखराले शनिबार पत्रकार सम्मेलन गर्दै जनाएको छ।

पोखरा रंगशालामा हुने प्रतियोगिता फागुन २२ देखि चैत १ गतेसम्म हुनेछ ।

सहभागी टोली

१. रुस्लान थ्री स्टार क्लब

२. त्रिभुवन आर्मी क्लब

३. नेपाल आयल निगम मनाङ–मस्र्याङ्दी क्लब

४. ब्रिगेड व्बाईज क्लब

५. नेपाल पुलिस क्लब

६. नेपाल एपिएफ क्लब

७. संकटा क्लब

८. झापा ११ फुटबल क्लब

९. गान्टोक सिटी फुटबल क्लब भारत

१०. सहारा क्लब पोखरा

प्रतिक्रिया दिनुहोस्