बूढासुब्बा गोल्डकप : मनाङ सेमिफाइनलमा



काठमाडौं : २२ औं बूढासुब्बा गोल्डकप फुटबलमा बेलबारी फुटबल क्लबलाई पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

धरान रंगशालामा आज भएको खेलमा मोरङको बेलबारी क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दै मनाङ सेमिफाइनल प्रवेश गरेको हो।

मनाङको जितमा दयानन्द सिंहले दुई गोल गरे भने निशान लिम्बु र विमल रानाले एक एक गोल गरे।

प्रतिक्रिया दिनुहोस्