लागू औषधसहित दुई पक्राउ



मोरङ : बिहीबार मोरङको बुढीगंगा गाउँपालिका–६ स्थित कोयलपुर चोकमा कोयलपुर प्रहरी चौकीबाट खटिएको प्रहरी सहायक निरीक्षकको टोलीले चेकिङ गर्ने क्रममा लागू औषधसहित २ जनालाई पक्राउ गरेको छ ।

को१४प ८६७९ नम्बरको मोटरसाइकलमा सवार हरैचा नगरपालिका–११ बस्ने ३३ वर्षीय सुरेन्द्र राई र सोही मोटरसाइकलमा सवार सुनसरीको ईटहरी उपमहानगरपालिका–५ बस्ने २६ वर्षीय मनिष परियारको साथबाट एभिल १९ थान, फेरागन १९ थान, डाईजोल्याब २४ थान, लुपिजेसिक २४ थान फेलापरेको थियो ।

उनीहरुलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्