ग्याँस वेल्डिङको ड्रम पड्किएर मृत्यु



विराटनगर : मोरङको बेलबारी–११, लक्ष्मीमार्गमा मंगलबार बिहान ग्याँस वेल्डिङको ड्रम पड्किएर एक जनाको मृत्यु भएको छ । 

स्थानीय बस्नेत ग्रिलमा काम गर्दै आएका ३७ वर्षीय मनिष बराईलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईले बताए । 

उनका अनुसार वेल्डिङको ड्रम पड्किएर शरीरका विभिन्न भागमा गम्भिर चोट लागेका बराईलीको उपचारका क्रममा विहान १० बजे न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको हो । घटनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्