गोदावरी नगरपालिकामा दोस्रो मेयर कप शुक्रबारबाट शुरु हुँदै



काठमाडौँ : दोस्रो मेयर कप तथा चौंथो टिकाभैरव राष्ट्रव्यापी सो–क्योकुसिन कराँते प्रतियोगिता शुक्रबारबाट शुरु हुने भएको छ ।

शनिबारसम्म चल्ने प्रतियोगीताको उद्घाटन गोदावरी नगरपालिकाका मेयर गजेन्द्र मर्हजनले गर्ने आयोजक कमिटिले जानकारी दिएको छ ।

दुई दिनसम्म चल्ने प्रतियोगितामा ३०० बढी कराँते खेलाडीहरूको सहभागिता रहने प्रशिक्षक दिनेश नगरकोटीले जानकारी दिए । प्रतियोगीता टिकाभैरव मन्दिरको प्राङगणमा हुनेछ ।

प्रतियोगितामा प्रथम, टीम च्याम्पियन र रनरलाई ट्रफी र नगदको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्