स्कुल भ्यान पल्टदा ६ विद्यार्थी घाइते



विराटनगर : विराटनगरमा बिहीबार विद्यार्थी बोकेको भ्यान पल्टदा ६ जना विद्यार्थी घाइते भएका छन् । 

 

विद्यार्थी बोकेर विद्यालयतर्फ जाँदै गरेको चालक विरेन्द्र महतोले चलाएको को१च ७०३४ नम्बरको श्रीराम सेकेण्डरी बोर्डिङ स्कुलको भ्यान पौने ११ बजे आफैं अनियन्त्रित भई सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

 

घटनामा विद्यालयका विद्यार्थी विराटनगर १८ का ७ वर्षीय कुनाल साह, विराटनगर १५ का ८ वर्षीय कृष्ण राजवंशी, विराटनगरको १६ बस्ने वर्ष ६ का आयुष यादव,विराटनगर १८ की ११ वर्षीया ब्युटी साह, मझार अन्सारी र विराटनगर १६ का वर्ष १० को दिलनवाज अन्सारी रहेका छन् । उनीहरुको कोशी अञ्चल अस्पताल विराटगरमा उपचार भई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्