तस्वीरमा सिन्धुपाल्चोक पहिरो



काठमाडौं : सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा शनिबार राति खसेको पहिरोले कम्तीमा ८ घर र भीरखर्कमा कम्तीमा १० घर पुरिएका छन् ।

त्यस्तै पहिरोमा परी ३ जनाको मृत्यु भएको छ भने कम्तिमा १५ जना वेपत्ता भएको स्थानीय शिक्षक बजीर भण्डारीले जानकारी दिए । उनका अनुसार नागपुजेमा पुरिएका घरका सबै मानिस वेपत्ता छन् । भीरखर्कमा पुरिएका घर र बेपत्ता मानिसबारे नजिक पुगेर जानकारी लिन कठिन रहेको स्थानीयवासीको भनाइ छ ।

त्यस्तै जुगल गाउँपालिका–५ चनौटेमा पहिरो जाँदा केही घरहरु पुरिएका छन् । त्यहाँ मानवीय क्षति नभएको बताइएको छ । घटना थाहा हुनेबित्तिकै प्रहरी घटनास्थलतर्फ लागेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

यसैगरी सिन्धुपाल्चोकको बाह्रबिसे नगरापालिका–७ का पहिरो प्रभावितलाई भेट्न सभामुख अग्निप्रसाद सापकोटा त्यसतर्फ प्रस्थान गरेका छन् । पहिरोले घुम्थाङको नागपुजे र भीरखर्कमा क्षति पुगेको जानकारी पाउन साथ सभामुख सापकोटा स्थलमार्ग हुँदै आइतबार बिहान त्यसतर्फ प्रस्थान गरेको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

यता जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले सिन्धुपाल्चोकवासीलाई सतर्क रहन आग्रह गरेको छ । सिन्धुपाल्चोकका गुमथाङ, बाह्रविसे र आसपासका क्षेत्रमा ६ घण्टायता ठूलो वर्षा भएको विभागले जनाएको छ ।

बलेफी र जलविरेमा जलसतह सतर्कता तहसम्म पुगेको र यो बढ्दो क्रममा रहेको केन्द्रले जनाएको छ । साथै भोटेकोशी, इन्द्रावती, मेलम्ची र सिन्धुपाल्चोकका अन्य साना नदीमा आकस्मिक बहाव बढ्ने र पहिरो जान सक्ने भएकाले सतर्क रहन केन्द्रले आग्रह गरेको छ ।

सम्बन्धित समाचार

सिन्धुपाल्चोकमा फेरी पहिरो : १८ घर पुरिए, १५ जना वेपत्ता

पहिरो प्रभावितलाई भेट्न सभामुख सापकोटा सिन्धुपाल्चोक प्रस्थान

Image may contain: mountain, outdoor, nature and water
Image may contain: one or more people, sky, outdoor and nature

तस्वीर : बजिरसिंह भण्डारीको फेसबुकबाट
प्रकाशित : भदौ २८, २०७७

प्रतिक्रिया दिनुहोस्