रौतहट नरसंहार प्रकरण : इँटा भट्टाका हेडमिस्त्री भारतबाट पक्राउ



काठमाडौं : नेपाली काँग्रेसका नेता अफताब आलमले २०६४ सालमा रौतटहमा निर्वाचनको समयमा विष्फोट गराएको र घाइतेलाई जिउँदै जलाएको भनिएको इँटा भट्टाका हेडमित्री पक्राउ परेका छन् ।

प्रहरीले बाराको सिम्रौनगढ नगरपालिका–४ का ५५ वर्षीय बद्री सहनीलाई प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय बाराको संयुक्त टोलीले भारतको मुजफ्रपुरबाट पक्राउ गरेको हो ।

शुक्रबार साँझ भारतीय स्पेशल टास्क फोर्सको सहयोगमा उनलाई पक्राउ गरेर नेपाल ल्याइएको प्रहरीले जनाएको छ ।

२०६४ चैत २८ मा संविधानसभा चुनावमा धाँधली गर्ने उद्देश्यले आलमले तत्कालीन राजपुर फरहदवा गाविस–४ हाल ९ राजपुर नगरपालिका–४० का शेख इद्रिसको गोठघरमा बम बनाउन लगाएको र त्यसक्रममा विष्फोट भएको थियो ।

विष्फोटमा परी श्रीनारायण सिंहका छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंहसहित १५–१६ जना घाइते भएका थिए भने २–३ जनाको मृत्यु भएको प्रहरीको भनाइ छ । घटनापछि मृतक र घाइतेलाई इँटा भट्टामा हालेर जलाएको भन्दै श्रीनारायण राजपुतले दिएको जाहेरीका आधारमा प्रहरीले २६ असोज २०७६ मा कांग्रेस नेता आलमलाई पक्राउ गरेको थियो । उनी हाल पुर्पक्षका लागि थुनामा छन् ।
त्यसको एकवर्षपछि हेडमित्री सहनीले पक्राउ परेका हुन् ।

उनले आलमको निर्देशनमा बम बिष्फोटका क्रममा मृत्यु भएका र घाइते भएकाहरुलाई भट्टामा जलाइएको स्वीकारेको प्रदेश प्रहरी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिएका छन् ।

यसअघि निलम्बित सांसद आलमको मुद्दामा कैफियत प्रतिवेदन मगाउन सर्वोच्च अदालतले आदेश दिएको थियो । आलमले सर्वोच्चमा धरौटीमा बसेर मुद्दा पुर्पक्ष गर्न पाउने मागसहित निवेद दिएपछि सर्वोच्चदे उनको मुद्दामा कैफियत प्रतिवेदन मगाउन आदेश दिएको थियो ।

यो पनि

रौतहट नरसंहार प्रकरण : अफताबको मुद्दामा सर्वोच्चले मगायो कैफियत प्रतिवेदन

रौतहट नरसंहार काण्डको नयाँ खुलासा : छोराले सुई लगाउने, बुबाले जिउँदै जलाउने

रौतहट राजपुर नरसंहार काण्डमा मुछिएका एसपी रामकृष्ण लामा हङकङमा भेटिए

रौतहट राजपुर नरसंहारकाण्ड : आलमसहित १० जनालाई जन्मकैद माग

‘रौतहट नरसंहार’ काण्डमा तत्कालिन सिडियो भण्डारी पनि जेल जाने

नरसंहार काण्डमा गुपचुप साथ: सिडिओ, एसपी र सरकारी वकिललाई जेलको बास

पूर्व गृहमन्त्री सिटौलादेखि पूर्व आईजी राणा र एआइजी चन्दको बयान लिईदै (यस्तो छ रौतहट काण्डको नालीबेली)

बाख्रा चोर आलम कसरी बने ज्यानमारा ?

प्रकाशित : असोज १७, २०७७

प्रतिक्रिया दिनुहोस्