गणतन्त्रमा पनि पुलिसको पेलानबाट छुट्करा पाइएन : रामचन्द्र पौडेल



काठमाडौं : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गणतन्त्रमा पनि पुलिसको पेलानबाट छुट्करा नपाएको बताएका छन् ।

बिहीबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुट्कारा मिल्न नसकेको बताएका हुन् ।

‘सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न सकेको छैन,’ उनले भने– ‘असली लोकतन्त्र कहिले साकार हुने हो ? मेरो चिन्ता यसैमा छ ।’

साथै उनले बुधबार तनहुँमा पल उद्घाटन गर्न जाँदा प्रहरीको डण्डाबाट पेलिएका आफ्नो शरीरमा दुखाइ बढ्दै गएको बताएका छन् ।

‘पुलिसको डण्डाबाट पेलिएका मेरा करङ हिजो दिउँसोभन्दा साँझ दुखेर आयो । हिजोभन्दा आज दुखाइ बढी छ,’ उनले सञ्चारकर्मीसँग कुरा गर्दै भने ।

गृह जिल्ला तनहुँको व्यास नगरपालिका–१, १० र ११ जोड्ने बुल्दी खोलामाथिको पुल बुधबार उद्घाटन गर्न जाँदा निषेधाज्ञा उल्लंघन गरेको भन्दै प्रहरीले पौडेललाई नियन्त्रणमा दिएको थियो । प्रहरीले बुधबार अपराह्न नियन्त्रणमा लिएको पौडेललाई तीन घण्टापछि छाडेको थियो ।

बिहीबार बिहान ११ बजेपछि उक्त पुल उद्घाटन गर्ने पौडेलले काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । उपभोक्ता समितिले सर्वसम्मत निर्णय गरी उद्घाटन गर्न वरिष्ठ नेता पौडेललाई निम्ता दिइएकोले आज पुल उद्घाटन गरिने उनले बताए ।

यता पुल उद्घाटन नेकपा नेताबाट हुनुपर्ने भन्दै नेकपाले भने विरोध गरिरहेको छ ।

यो पनि

प्रधानमन्त्रीजी ढिलोचाँडो मेलम्चीको उद्घाटन तपाईनै गर्नुहोला : काँग्रेस प्रवक्ता

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा

रिहा भए काँग्रेस वरिष्ठ नेता पौडेल

काँग्रेस नेताहरुद्वारा पौडेल गिरफ्तारीको विरोध

प्रकाशित : मंसिर १८, २०७७

प्रतिक्रिया दिनुहोस्