हुम्ला जिप दुर्घटना : सेना र प्रहरीसहित दुई हेलिकप्टर दुर्घटनास्थलमा



हुम्ला : हुम्लाको खार्पुनाथमा गाउँपालिकाका उपाध्यक्षसहित १० जना सवार भएकाे भनिएकाे जिप दुर्घटनाकाे दुई घन्टा बित्दा पनि फेला पर्न नसकेपछि उद्धारका लागि दुई हेलिकप्टर घटनास्थलमा पुगेका छन्। 

मंगलबार दिउँसो करिब साढे १२ बजेतिर जिप कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिए।

स्थानीयका अनुसार जिपमा करिब १५ जना यात्रु छन्। 

उद्धारका लागि याङचुबाट प्रहरी सहायक निरीक्षक सन्तोस पालको कमाण्डमा ५ जना र जिल्लाबाट प्रहरी सहायक निरीक्षक झकबहादुर रोकायको कमाण्डमा ५ जना र सहायक सेनानी ओम प्रकाश पुनको कमाण्डमा ५ जनाको टोली घटनस्थल पुगेको छ।

जिप दुर्घटनामा बेपत्ता खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्धु हमाल शाही

 

याे पनि पढनुस् : हुम्ला दुर्घटना अपडेट : जिप नम्बर पत्ता लाग्याे तर दुई घन्टासम्म फेला परेन

                        हुम्ला दुर्घटना अपडेट : नदीमा जिपकाे पांग्रा र झाेला देखियाे

                       हुम्लामा गाउँपालिका उपाध्यक्षलगायत चढेकाे जिप कर्णाली नदीमा खस्याे !

प्रतिक्रिया दिनुहोस्