भदौ २६ गते नेकपा स्थायी कमिटी बैठक बोलाउने सहमति



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ल स्थगित स्थायी कमिटी बैठक भदौ २६ गते बोलाउने भएको छ ।

गत साउन १३ गते स्थगित स्थायी कमिटीको बैठक भदौ २६ गते बोलाउने सहमति भएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिएका हुन् ।

सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलसहितको छलफलमा बैठक बोलाउने सहमति गरिएको थापाले बताएका छन् ।

गत असार १० गतेदेखि जारी नेकपा स्थायी कमिटी बैठक आन्तरिक विवादका कारण पटक–पटक स्थगित हुँदै आएको थियो ।

सम्बन्धित समाचार :-

नेकपा स्थायी कमिटी बैठक स्थगित भएको छैन : प्रवक्ता श्रेष्ठ
-दुई अध्यक्षबीच छलफल बाँकी रहेको भन्दै नेकपा स्थायी कमिटी बैठक पुनः स्थगित
यी हुन् नेकपा स्थायी कमिटी बैठकले गरेका निर्णयहरु
बसेको केही मिनेटमै नेकपा स्थायी कमिटी बैठक स्थगित
आज नेकपा स्थायी कमिटी बैठक बस्दै
नेकपा स्थायी कमिटी बैठक पुनः स्थगित
नेकपा स्थायी कमिटी बैठक आज बस्दै
नेकपा स्थायी कमिटी बैठक आइतबारसम्मका लागि स्थगित
नेकपा स्थायी कमिटी बैठक फेरी स्थगित
नेकपा स्थायी कमिटी बैठक आजबाट फेरि शुरु हुँदै
नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित

प्रकाशित : भदौ २२, २०७७

प्रतिक्रिया दिनुहोस्