आलमलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश



रौतहट : कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विष्फोटक सम्बन्धी मुद्दामा पक्राउ परेका नेपाली कांग्रेसका नेता मोहमद आफताव आलमलाईं पुर्पक्षका लागि थुनामा राख्न रौतहट जिल्ला अदालतले आदेश दिएको छ ।

आठ दिनसम्म रौतटह जिल्ला अदालतमा चलेको बहसमा वादीका तर्फबाट १३ र साधारण तारेखमा छाड्न पर्ने भन्दै प्रतिवादीका तर्फबाट २५ कानुन व्यवसायीले बहस गरेका थिए ।

बाह्र वर्ष अगाडि रौतहटको फरदवामा भएको घटनाको मुद्दामा आलमलाई पूर्पक्षको लागि कारागार चलान गर्न आदेश गरेको जिल्ला अदालत रौतहट स्रोतले जनाएको छ ।

अदालतको आदेशमा मिसिलसँग संलग्न प्रमाणबाट प्रारम्भिक रुपमा आलमको संलग्नता देखिएको भनिएको छ ।

जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको एकल इजलासले मुलुकी फौज्दारी कार्यविधि संहिता, २०७४ को ६७(१) ख बमोजिम गर्न आदेश गरेको हो ।

उक्त दफाले तीन वर्ष बढी सजाय हुन सक्ने मुद्दामा थुनामा राखेर मुद्दाको बाँकी कार्य अगाडि बढाउने व्यवस्था गरेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले गत कात्तिक १८ गते आलमसहित ११ जनामाथि सजायको माग दाबी लिई जिल्ला अदालत रौतहटमा मुद्दा दत्र्ता गरेको थियो । करीब दुई सातासम्म चलेको मुद्दाको थुनछेक बहस शुक्रबार सकिएको थियो । गत असोज २६ गते आलमलाई रौतहटबाट पक्राउ गरिएको थियो ।

बाख्रा चोर आलम कसरी बने ज्यानमारा ?

आलमका पक्षमा वरिष्ठ अधिवक्ता शम्भु र रमण उभिएपछि सर्वत्र निन्दा

‘रौतहट नरसंहार’ काण्डमा तत्कालिन सिडियो भण्डारी पनि जेल जाने

नरसंहार काण्डमा गुपचुप साथ: सिडिओ, एसपी र सरकारी वकिललाई जेलको बास

गौर हत्याकाण्ड : उपप्रधानमन्त्री यादव पक्राउ पर्नसक्ने प्रधानमन्त्रीको खुलासा

कति विभत्स थियो गौर सामूहिक हत्याकाण्ड ? किन तानिदैछन् उपप्रधानमन्त्री उपेन्द्र यादव ?

गौर नरसंहारकाण्ड : प्रहरीको खुलासा– ‘एसपी र आलमको सल्लाहमा घाइतेलाई भट्टामा हालिएको थियो’

प्रतिक्रिया दिनुहोस्